म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । शनिबार भर्चुअलबाट बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन जारी गरेको हो । डिसिसिएमसीका संयोजक एवम् प्रजिअ प्र...
समाचार
-
-
अन्नपुर्ण गाउँपालिका–८मा तरुणदल र महिला संघ तथा बेनपा–९मा मगर संघ गठन
नाङ्गी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस निकट नेपाल महिला संघ गठन र भातृ संगठन नेपाल तरुणदल पुर्नगठन गरिएको छ । शुक्रबार नाङ्गीमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आशिष पुनको अध्यक्षतामा तरुणदल वडा इकाई पुर्नगठन र कुमारी गर्बुजाको अध्यक्षतामा महिला संघ गठन गरिएको हो । तरुण...
-
ज्यामुनाखर्कमा आगलागी हुँदा एक घर जलेर नष्ट
म्याग्दी । बेनी नगरपालिका–६, ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ। अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट घरभित्र रहेका सुन र चाँदीका गरगहना, नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षति भएको वडाध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो ।...
-
सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छः उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । सहिद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उहाँले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराउनुभयो। प्रजातन...
-
बालाजु बाइपासमा हटाइएका ३९ घरपरिवारलाई पुनःस्थापना गराउन माग
काठमाडौँ । बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति बिरोध भएको छ । उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ । अदालतले सो स्थानम...
-
प्रधानमन्त्रीद्धारा शहीद स्तम्भमा माल्यार्पण
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गर्नुभएको छ । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गर्नुभएको हो । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभ...
-
कांग्रेस सम्बद्ध आदिवासी जनजाति संघका अध्यक्ष गुरुङले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिनुभएको छ । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्...
-
प्रतिनिधिसभाको बैठक माघ २६ गते बस्ने
काठमाडौं । संघीय प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक १० दिन पर सरेको छ।संघीय संसद सचिवालयले शनिबार सूचना जारी गरी बैठक सरेको जानकारी दिएको हो। बैठक आइतबारका लागि तोकिएको थियो । तर, कोरोना संक्रमणको जोखिम यथावत् रहेको भन्दै सचिवालयले संसद बैठक सार्नुपरेको जनाएको छ। अब प्रतिनिधिसभा बैठक माघ २६ गते १ बजे बस्ने सचिवालयका...
-
चुनाव हुँदैन कि भन्ने अन्योल अन्त्य भयो : ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताउनुभएको छ । उहाँले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताउनु...
-
सवारी दुर्घटना हुँदा १ को मृत्यु, १३ घाइते
सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प...






















