धनुषा । महोत्तरी र सर्लाहीको सीमा बाँके खोलामा अवैध उत्खनन भइरहेको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको बाँके खोला पुलबाट दक्षिणतर्फ र रेल्वे ट्र्याकको दुवैतर्फ अवैध उत्खनन भइरहेको हो । दुई महिनायता जंगल क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा उत्खनन गरिसकिएको छ । अझै पनि घनाजंगल रह...
सुरक्षा
-
-
जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक ...
-
सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
काठमाडौं । सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकमा प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका साहको धरानको घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...
-
थप १६० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । त्यसैगरी २४ घण्टामा १६५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ४ स...
-
गोली हानेर छोरीको हत्या गर्ने बुवा पक्राउ
बैतडी । छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा बन्दुकसँगै भागेका उनले आफ्नो घरको छानोमासमेत शनिबार राति आगजनी गरेका थिए । घटना भएकै दिनबाट प्रह...
-
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ पुनर्वास नगरपालिका-२ अरनिको बस्तीको कच्ची सडकमा सोही ठाउँका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा गएराति न...
-
ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्प...
-
बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुजा गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर बस भागेको बताइएको छ । प्रहरीले...
-
बाँके निकुञ्ज क्षेत्रबाट तीन सिकारी पक्राउ
नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्। निकुञ्जले चार दिनअघि मात्र सोही ठाउँबाट ७ थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। नि...
-
कर्णाली नदी तर्न तुइनकै भर
काठमाडौं । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो । पुल नहुँदा बर्सेनि त...




















