• देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)

    लिला पुर्जा  बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...

  • को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा कँडेल(तस्बिरहरु)

    बेनी । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको अध्यक्षमा प्रबन्धक प्रेमलाल कँडेल चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न प्रथम साधारणसभाबाट कँडेल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कँडेल पश्चिम नेपाल साकोसका प्रबन्धक हुनुहुन्छ । समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोक...

  • बजार अनुगमनमा म्याद सकिएका सामान भेटिए (तस्बिरहरु)

    बेनी । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु भेटिएपछि जफत गरी नष्ट गरिएको छ । बुधवार र बिहीवार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीबजारमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा...

  • पिप्लेमा आधारभूत प्रयोगशाला सेवा सुरु,अध्यक्ष भण्डारीद्धारा उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्वर ३ पिप्ले स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो । विश्व क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घा...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • जिफन्ट बेनी नगर कमिटीको अध्यक्षमा राई

    म्याग्दी । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको हिँजो (बुधबार) सदरमुकाम बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट राजकुमार राईको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको छ । नगर कमिटीको उपाध्यक्षमा लङ्कमान तामाङ, सचिवमा अर्जुन राना र सहसचिवमा निकेश श्रेष्ठ चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा महेश राई, जनम...

  • नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका विश्वकर्मा

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने ...

  • आगलागीमा घाइते मन बहादुरको उपचारको क्रममा मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ ,स्थित  भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते हुनुभएका २१ बर्षिय मनबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ ।  २४ फागुनमा आगो निभाउने क्रममा २१ वर्षिय मनबहादुरको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । मृतकका आफन्त विरेन्द्र किसानका अनुसार ,६ चैतमा किर्ति...

  • म्याग्दीमा विश्व पानी दिवस मनाइयो (फोटो फिचर)

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै र...

  • बेनी–तातोपानी सडक कालोपत्र गर्न सुरु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम क...