मगर संघ म्याग्दीको गाउँपालिका स्तरिय संगठन बिस्तार तीब्र, रघुगंगाको अध्यक्षमा शेरपुञ्जा

बेनी बिहिबार पौष १२ गते । नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीले गाउँपालिका स्तरिय संगठन विस्तारलाई तीब्रता दिएको छ । गाउँपालिका स्तरिय संगठन बिस्तारको पहिलो दिन पौष १० गते लोक बहादुर घर्ति मगरको अध्यक्षतामा धौलागिरी गाउँपालिका शाखा गठन गरेको थियो । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा ४९ प्रतिशत बढी मगरको बाहुल्यता छ ।

संगठन बिस्तारलाई तब्रिता दिंदै बुधबार मनकुमार शेरपुञ्जाको अध्यक्षतामा रघुगंगा गाउँपालिकामा शाखा बिस्तार गरेको हो । गाउँपालिकाको भेलाबाट अध्यक्ष शेरपुञ्जा मगर सहित उपाध्यक्ष देउप्रसाद पुन मगर, सचिव बिल बहादुर फगामी मगर ,कोषाध्यक्ष यामकुमारी गर्बुजा मगर र सहसचिवमा मन बहादुर शेरपुञ्जा मगर सहित २५ सदस्य कार्यसमिती गठन गएिको नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।
जिल्लामा रहेका मगरहरुको लोपोन्मुुख कला संस्कृतीको संरक्षण भाषा उत्थान मगरहरुको सामाजिक क्षमताको वृद्धि विकास गर्ने लक्ष्य सहित जिल्लाको सवै गाउँपालिकामा संगठन विस्तार गर्न लागिएको सचिव पुन मगरले बताउनुभयो ।


कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाकी उपप्रमुख कमला तिलिजाले निर्वाचित कार्यसमितिलाई सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै जातिय कला संस्कृती भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्नुभयो । जातिय भाषा कला संस्कृतीको संरक्षण तथाा उत्थानका लागि मगर अगुवाहरुले गम्भिरभएर लाग्नुपर्नेमा जोड दिनुभयो । मगरहरु जातिय रुपमा मात्र नभई आर्थिक, सामाजिक तथा राज्यको हरेक प्रशानिक निकायमा पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै मगर संघ जिल्ला अध्यक्ष मनप्रसाद थजालिले जिल्लामा रहेका मगरहरुको क्षमता अभिबृद्धिका लागि तालिमको व्यवस्था ,जातिय कला, संस्कृती, पहिचानको संरक्षण संगै मातृ भाषा उत्थानमा जोड दिइने बताउनुभयो । 
देशको मगरहरुको बाहुल्यता रहेको म्याग्दीमा कला संस्कृतिमा पहिचानको बाहुल्यता भएपनि मातृ भाषा भने लोपोन्मुख अवस्थामा रहेको छ ।


अध्यक्षमा निर्वाचित दुई गाउँपालिकाका अध्यक्ष घर्ति र शेरपुञ्जाले गाउँपालिकामा रहेका मगरहरुको क्षमता अभिबृद्धिका लागि तालिमको व्यवस्थाको पहल जातिय कला संस्कृती पहिचानको संरक्षण संगै मातृ भाषा उत्थानमा जोड दिइने प्रतिबद्धता व्यक्त गनुभयो ।


कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता र उपप्रमुख कमला तिलिजाको प्रमुख आतिथ्यता र सचिब लोकेश पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रमेश थापा मगर, वडा अध्यक्ष बिल बहादुर फगामी, मनकुमार सेरपुन्जा, मनबहादुर सेरबुजा लगायतले मगरहरु जनसंख्याको आधारमा प्रशासनिक कोता मात्र नभई प्रतिस्पर्धा मार्फत पनि अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार