भुकम्प प्रभावित राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु

साधन राम्जाली
बेनी मंगलबार चैत्र १९ गते ।
२०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भुकम्पले पहिलेको भवनमा ठुलो क्षति पु¥याए पछि अहिले पुरानै भवनको स्वरुपमा दुईतलाको चार कोठ भवन पुननिर्माण सुरु गरिएको छ । आर्थिक बर्ष असार मसान्तसम्म भवन पुननिर्माण सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म २० प्रतिशत पुननिर्माणको काम सम्पन्न भएको छ । भुकम्पले भवनमा क्षति पु¥याएपछि साँघुरो कक्षा कोठाबाट विद्यालय संचालन गर्न बाध्य भएको प्रअ किरमान पुन मगरले जानकारी दिनुभयो । जिल्लाको ९७ वटा भुकम्प प्रभावित विद्यालय मध्ये यो बर्ष अति भुकम्प प्रभावित सुचिमा सुचिकृत भएका राष्ट्रिय मावि संगै २० वटा विद्यालयको भवन पुननिर्माणकलाई अगाडी बढाइएको राष्ट्रिय भुकम्प प्राधिकरण योजना कार्यान्वयन इकाई म्याग्दीका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको पुननिर्माण असार मसान्त भित्रमा सम्पन्न हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार