धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु

मुना, चैत शनिबार, २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ ।
धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जिल्ला र राष्ट्रिय संचार माध्यममा गाउँपालिकाका गतिविधिहरु प्रकाशित र प्रशारित गर्न टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तह र वडामा पत्रकारिता र सञ्चार माध्यमको पहुँच विस्तार गर्न सहयोग मिल्ने बताउनुभयो ।

विकट गाउँगाउँका सर्वसधारणहरुका समस्याहरु संचारमाध्यममा आउन सकिरहेका छैनन उहाँले भन्नुभयो,‘पत्रकारहरुले गाउँगाउँमा पुगेर समाचार संकलन गर्न आश्यक छ ।’

स्थानीय तह र वडा स्तरमा पत्रकारिता तथा सञ्चार माध्यमको पहुँच बढाउन आवश्यक रहेको उहाँको भनाई थियो । विकास, शुसासन र सकारात्मक विषयको प्रचारप्रसार तथा विकृति, बेथिती र विसंगतिलाई खबरदारीका लागि पत्रकारिताको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्थानीय तहको गतिबिधिमा सञ्चार माध्यम र पत्रकारिताको माध्यमबाट निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले संघीयता कार्यान्वयनसँगै गाउँघरमा आएका सरकारको निगरानी, खबरदारी र रचनात्मक कामको प्रवद्र्धन लागि पत्रकारिता गाउँ केन्द्रित भएको बताउनुभयो ।

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित विश्वकर्माले सञ्चालन गरेका थिए । दुइ दिन सम्म सञ्चालन हुने तालिममा ७ वटै वडाबाट ३० जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन पत्रकार सन्तोष गौतम,हरिकृष्ण गौतम,तारानाथ शर्मा,अमित विश्वकर्मा र कमल खत्रीले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार