प्रताप बानियाँ म्याग्दी,विहिबार बैशाख २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीका सदस्यहरुले बुधबार शपथग्रहण लिएका छन् । नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला सदस्यहरुको पहिलो पूर्ण वैठक तथा शपथग्रहण कार्यक्रममा पार्टी एकतापछि बनेको जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो ।
नवगठित जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले पद अनुसारको जिम्मेवारी वहन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि जनताको बिचमा बोलेर भन्दा पनि काम गरेर देखाउने जिम्मेवारी रहेको बताउँदै उनले सामूहिक रुपमा मिलेर अघि बढ्न नवनिर्वाचित जिल्ला कमिटी, गाउँपालिका र नगरपालिका कमिटीलाई निर्देशन दिए ।
नेकपाको केन्द्र र प्रदेशको विधि तथा विधान अनुसार आगामी दिनमा बैठक तथा सङ्गठन विस्तारको कार्यक्रम बस्तीसम्म पुग्नुपर्ने बताए । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले अहिलेसम्म संयन्त्रको माध्यमबाट जिल्लामा पार्टीको काम र गतिविधिलाई पूर्णता दिइएको बताउँदै अब नवगठित जिल्ला कमिटीमार्फत पार्टीका सबै कामलाई जनताको माझमा पु¥याइने प्रतिबद्धता जनाएका छन् ।
वैठकमा नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले पार्टी केन्द्रीय कमिटी र प्रदेशबाट प्राप्त सर्कुलर वाचन गरेका थिए । पार्टी अध्यक्ष पौडेलको अध्यक्षता र सचिव श्रेष्ठको सञ्चालनमा सम्पन्न पूर्ण बैठकमा प्रदेश कमिटीका सदस्य, जिल्ला सदस्यहरु तथा नगर र गाउँपालिकाका अध्यक्ष एवं सचिव लगायतको उपस्थिति रहेको थियो ।
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…