यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो ।

बेनी नगरपालिका कमिटी अध्यक्षमा बेलबहादुर कटुवाल, मालिका गाउँपालिकामा दलमान पुन, धवलागिरीमा प्रगति कार्की, अन्नपूर्णमा धनकुमार पुर्जा, रघुगंगामा झलक आचार्य र मंगला गाउँपालिका कमिटी अध्यक्षमा यामबहादुर थापा मगर सर्वसम्मत चयन हुनुभएको छ ।

आगामी निर्वाचनमा जिल्लाका सबै पालिकामा एमालेका उम्मेदवारलाई जिताउन अहिल्यैदेखी योजनाबद्द तरिकाले लाग्ने बेनी नगर कमिटी अध्यक्ष कटुवालले बताउनुभयो । म्याग्दीका सबै पालिकामा अधिवेशन सम्पन्न भएको र चैत महिना भित्र सबै वडामा अधिवेशन सक्ने योजना रहेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन

 

एमाले मंगला गाउँपालिकाका अध्यक्षमा याम थापा

एमाले धवलागिरि गाउँपालिकाको अध्यक्षमा प्रगति कार्की

 

 

नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल

 

नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा आचार्य

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार