नेता रकाल भन्छन्, ‘कम्युनिष्ट सरकारले जनतामा त्रास छायो’

बेनी,सोमबार जेठ २० गते । युवा नेता तथा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरतबहादुर रकालले कम्युनिष्ट सरकारको कारण जनतामा त्रास पैदा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको राष्ट्रिउ जागरण अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नाममा आयोजित आमसभालाई सम्बोधन गर्दै युवा नेता एवम् पार्टी सहसचिव रकालले यस्तोे जिक्कीर गर्नुभएको हो ।

जागरण अभियानको संयोजक समेत रहनुभएका नेता रकालले दुई तिहाईको सरकारले जनतालाई विभिन्न बाहनामा दुख दिने काम गरेको बताउनुभयो । चुनाव अघि जनता सामु गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुको साटो झुटा आश्वासन बाड्न उद्धत रहेको उद्धघोष गर्नुभयो । सरकार काण्डैकाण्ड फसेकाले नेकपाको दुई तिहाईको सरकारले देश र जनतालाई निकास दिन नसक्ने उहाँको भनाई छ ।

सरकारले प्रेस स्वतन्त्रतालाई प्रतिबन्ध लगाई आम जनताको आवाजको घाटी निमोठ्ने काम भएको बताउनुहुँदै उहाँले सरकारको गलत क्रियाकलापको बारेमा खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले अपराध,भ्रष्टाचार,हत्या हिंसा बलात्कार जस्ता गम्भीर विषयलाई बढवा दिएको आरोप लगाउनुभयो ।

वडा इकाई सभापती एक बहादुर गर्बुजाको सभापतित्व,गाउँपालिकाका उपप्रमुख कमला तिलिजाको प्रमुख आतिथ्यता र कृष्ण गर्बुजाको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा घनबहादुर गर्बुजा र बिना गर्बुजाले मन्तव्य राख्नुभएको थियो । जागरण अभियानलाई तिब्रता दिएको कांग्रेसले यसअघि वडा नं ८ र ७ मा पनि जागरण अभियान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार