नेकपा म्याग्दीको ७ सदस्यीय कार्यालय र ३२ सदस्यीय सचिवालय गठन

बेनी,आइतबार साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठकले सात सदस्यीय कार्यालय र ३२ सदस्य रहेको सचिवालय गठन गरेको हो ।

सात सदस्यीय कार्यालयमा पार्टी अध्यक्ष गोविन्द पौडेल,सचिव हरिकृष्ण श्रेष्ठ,देवेन्द्र बहादुर केसी,बालकृष्ण सुवेदी,देव बहादुर घले,देवराज सुवेदी र रेशम जुग्जालीलाई वैठकले चयन गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यसै गरी वैठकले ३२ जना रहेको सचिवालय गठन गरेको छ । सचिवालयमा तत्कालिन एमालेको जिल्ला कमिटिमा रहेका १९ जना सचिवालय सदस्य र माओवादी केन्द्रबाट १३ जना रहेका छन् ।

वैठकले आगमी असोज मसान्त सम्ममा दुवै पार्टीका सदस्यहरुको संख्यालाई एकिकृत गरी नविकरण गरिसक्ने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद भुपेन्द्र थापाको संयोजकत्वमा अध्यक्ष गोविन्द पौडेल,सचिव हरिकृष्ण श्रेष्ठ,प्रदेश सांसद विनोद केसी,सचिवालय सदस्य बालकृष्ण सुवेदी,रेशम जुग्जाली र प्रमोद श्रेष्ठ रहेको आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।

वैठकमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापा,प्रतिनिधिसभाका सांसद थापा,गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन र प्रदेश सांसद विनोद केसी र जिल्ला कमिटीका सदस्यहरु विच जिल्लाको विकास निर्माण र गत आर्थिक वर्षमा संघ र प्रदेशबाट विनियोजन भएका योजनाहरुका वारेमा व्यापक छलफल र अन्तरक्रिया भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार