म्याग्दीको रुममा जिप दुर्घटनामा २ को मृत्यु

म्याग्दी, शुक्रबार कार्तिक १५ गते । म्याग्दीको मालिका गाउँपालिका ३ रुममा शुक्रबार दिउसो जिप दुर्घटना भएको छ ।
दरवाङबाट यात्रु लिएर रुम जाँदै गरेको ध १ ज ५९५ नम्बरको जिप मालिका गाउँपालिका २ तास्के भिरमा दुर्घटना हुँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिनुभयो ।

मृतकको पहिचान हुँन बाँकी रहेको उहाँले बताउनुभयो । जिप सडकबट पाँचसय मिटर तल खसेकाले उद्धारमा कठिनाई भएको उहाँले जानकारी दिनुभयो । १५ जना सामान्य घाईते भएका छन् । दरवाङ इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार