शान्तिपूर्ण रुपमा मतदान चल्दै

काठमाण्डौ ,शनिबार मंसिर १४ गते । निर्वाचन आयोगले उपचुनाव अन्तर्गत अहिले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको उज्यालोलाई जानकारी दिनुभयो ।प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान भैरहेको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । आयोगले नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई लाइनमा नबसी मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ । २०७४ को चुनावमा विजयी जनप्रतिनिधिको मृत्यु, राजीनामा, कारबाही र अरु कारणले पद रिक्त भएकाले ५२ ठाउँमा आज मतदान सुरु भएको हो । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार