डाक्टर अम्वेडकर अन्तराष्ट्रिय अवार्डबाट कांग्रेस नेतृ गौचन सम्मानित

काठमाडौं,सोमबार मंसिर २३ गते । सामाजिक अभियन्ता विमला गौचन डा.भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा.अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो । विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समुह म्याग्दीकी अध्यक्ष पनि हुन् ।

यसैगरी डाक्टर अम्वेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन । जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ । जातीय विभेद विरूद्ध अन्तरजातीय बिवाह गरेकी लम्सालले पछिल्लो समय विभेद विरूद्धको अभियान समेत चलाईरहेकी छन् ।

यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए । भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ । दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्वेडकर सामाजिक समावेशिकरणका अभ्यासकर्ता हुन ।dcnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार