सभापति गर्बुजा सहितको टोलीद्धारा हाइड्रोपावर सहित विकास निर्माणका आयोजनाहरुको अनुगमन

बेनी,मंगलबार माघ ७ गते ।
नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले रघुगंगामा निर्माणाधिन अवस्थामा रहेको हाइड्रोपावर सहित विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार सभापति गर्बुजाको नेतृत्वमा संविधानसभा सदस्य एव् निबर्तमान सभापति रेशम बहादुर बानियाँ ,गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी सहितको टोलिले रघुगंगामा संचालित ससाना तथा ठुला आयोजनाहरुको अनुगमन गरेको हो ।

टोलीले निर्माणाधिन जलविद्युत आयोजनाको प्रगतीको बारेमा जानकारी लिएको छ । अनुगमन पछि सभापति गर्बुजाले आयोजना निर्माणले स्थानीय गति लिएको बताउनुहुँदै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । विकास निर्माणका आयोजनालाई गुणस्तरिय र दिर्घकालिन बनाउन सबैले जोड दिनुपर्ने बताउनुभयो । आयोजनाले गति नलिनु भनेको रघुगंगा मात्र नभई जिल्ला नै विकासमा पछि पर्ने भएकाले सबैपक्षबाट विकासको गतिलाई द्रुत गतिम अगाडी बढाउन दवाद दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजना समयमै निर्माण सम्पन्न भएमा जिल्ला सहित देशकै उर्जा क्षेत्रमा सहयोग पुग्ने सभापति गर्बुजाले विश्वास व्यक्त गर्नुभयो । जिल्ला स्थित साना एव् ठुला विकास निर्माणका आयोजनाहरुलाई राजनितिक तथा यो त्यो बाहनामा रोक्न अवरोध नगरी द्रुत गतिमा अगाडी बढाउन सकरात्मक सहयोग गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

आयोजनाका एमडि गणेश केसी र इन्जिनियर मिनेश क्षेष्ठले आयोजनाको प्रगतिको बारेमा जानकारी गराउनुहुँदै तोकिएको समयमै आयोजना सम्पन्न हुने बताउनुभयो । निर्माणाधिन गाउँपालिकाको केन्द्र वडा नं ३ मौवाफाँटको बुल्क र झिँ जोड्ने मोटरेबल पुलको अनुगमनमा पुग्नुभएका सभापति गर्बुजालाई गाउँपालिकाका अध्यक्ष भण्डारीले पुल निर्माण अन्तिम चरणमा रहेको जानकारी गराउनुभएको थियो । अध्यक्ष भण्डारीले पुल निमाण संगै झिँ र पाखापानी बासीलाई गाउँपालिका संग जोड्न सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार