केसीको उपचारमा शान्ति कोषद्धारा ५० हजार बढी सहयोग

बेनी ,विहिबार माघ ९ गते ।
म्याग्दीको परोपकारी संस्था ओामकुमारी शान्तिकोषले अमित केसीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । रुखले किचेर घाइते हुनुभएका रघुगंगा गाउँपालिका –२ भगवतीका अमित केसीलाई शान्ति कोषले ३० हजार ,कोषका अध्यक्ष राजेश शाक्यले दश हजार र शान्ति कोषमा आवद्ध सदस्यहरुबाट १३ हजार गरी ५३ हजार रुपैयाँ सहयोग गरेको हो ।

?

संविधान सभा सदस्य सांसद रेशमबहादुर बानियाँ र कोषका अध्यक्ष राजेश शाक्यले विहिबार सो आर्थिक सहयोग एक कार्यक्रमका विच केसीका आफन्त पत्रकार राकेश शर्मालाई हस्तान्तरण गर्नुभएको हो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत केसीको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

?

गत माघ १ गते गाउँमा रुख काट्ने क्रममा घाइते भएका केसीको दुवै खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुहुृँदै सांसद बानियाँले घाइते केसीलाई सहयोग गरेर शान्ति कोषले उदाहरणिय काम गरेको बताउनुभयो ।

?

घाइते केसीको उपचार सफल बनाउन आर्थिक सहयोग गरिएको कोषका अध्यक्ष शाक्यले बताउनुभयो । आर्थिक अभावका कारण जिल्लाका गरिब तथा विपन्न परिवारका विरामीले अकाल्मै ज्यान गुमाउन नपरोस भनेर कोषको स्थापना गरिएको शाक्यको भनाई छ । आर्थिक सहयोग गरी केसीको उपचार सफल बनाउन शाक्यले सबैलाई अपिल गर्नुभयो । कोषका सहसचिव शन्दिप खत्रीको संचालन तथा प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
सहयोगका लागि ग्लोबल आईएमई बैंकको खाता नम्बर–३५०७०१०००६९१६, सुन्तली कार्की

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार