मोना दक्षिण कोरियाको १३ औं अधिवेशबाट अध्यक्षमा केसी

बेनी, आइतबार माघ १२ गते ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । संस्थाको शनिबार एक कार्यक्रमका विच १३ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्ष केसी सहित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा गंगाराज बानियाँ, उपाध्यक्षमा कुशल पुन, मिन कार्की, गोविन्द बानियाँ, महासचिवमा सुमन पौडेल, सचिवमा मनिष गौचन र सनम शाक्य, कोषाध्यक्षमा रत्न पौडेल र सहकोषाध्यक्षमा रिम भण्डारी चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा विकास केसी, गोमा पुन, कविता पुन, कुमार केसी, भगवान चोखाल, बिद्या शर्मा, दिक्षा गर्वुजा, रमेश कार्की र भावना पुन चयन हुनुभएको मोनाले जनाएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुदै मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले मोनामार्फत विश्वभर रहेका म्याग्देलीहरुको एकता र सहकार्यको अभियानलाई तिब्रता दिएको बताउँदै एनसीसीमार्फत रचनात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । जिल्लाको हरेक शैक्षिक ,सामाजिक तथा विकास गर्न प्रवासमा रहेका सबै म्याग्दीलीहरु एक हुनुपर्नेमा जोड दिनुभयो । मोना कोरियाका निवर्तमान अध्यक्ष किसन सेन्चुरिले निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै बिशिष्ट अतिथि मोना कोरियाका संरक्षक विनोद कुँवर, मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, मोना आइसीका एशिया संयोजक दधीवल खड्का, मोना कतारका अध्यक्ष तिलु शर्मा, मोना जापानका पूर्व अध्यक्ष महेन्द्र बानियाँ लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचत अध्यक्ष केसीले मोनामार्फत आफ्नो कार्यकालमा रचनात्मक कार्यलाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रमको पुर्वसन्ध्यामा बाजागाजा सहित बृहत ¥याली गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार