बेनीमा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक हुने

म्याग्दी,बुधबार माघ १५ गते । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक बेनीमा हुने भएको छ । म्याग्दी सदरमुकाम बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा माघ २४ र २५ गते हुने सो बैठको तयारीलाई तिब्र पारिएको छ । देशका विभिन्न क्षेत्रका करिब ४ सय क्लबहरु आबद्ध रहेको यस डिस्ट्रीक्टको क्याविनेट बैठकमा करिब १ हजार देखि पन्ध्र सय जनासम्मको सहभागिता रहने आयोजकले जनाएको छ ।

बैठकलाई सफल बनाउनको लागि मंगलवार बेनीमा अयोजित छलफल तथा अन्र्तक्रिया कार्यक्रममा अतिथिहरुको बसाईलाई सहज बनाउने, मौलिक आतित्यथा प्रदान गर्ने र म्याग्दीको कला संस्कृति र पर्यटनलाई समेत प्रवद्र्धन हुने गरि सफल बनाउने गरिने तयारी थालिएको जानकारी गराईएको थियो ।कार्यक्रमका संयोजक सन्तोष रावलले बैठकलाई नेपाल भ्रमण बर्ष सन २०२० संग समेत जोडेर म्याग्दीको पर्यटन विकासलाई सघाउने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँले उद्घाटन सत्र अघि बेनीमा देशभरबाट आएका लायन्सकर्मीहरुको बृहत सहभागीतामा ¥याली निकालिने र उनीहरुको स्वागतको लागि बेनीमा रहेका विभिन्न जातजाति र संघ संस्था र समुदायलाइ आफ्नो मौलिक कला संस्कृति सहितको आतित्यथा र स्वागत गर्न अनुरोध गरिएको बताउनुभयो । बेनीको जिल्ला समन्वय समितिको सभाहल र खुलामञ्चमा दुई सत्रमा सञ्चालन गरिने बैठकमा यस डिस्ट्रीकमा आबद्ध देशका विभिन्न जिल्लाका लायन्स क्लबहरुले गरेका कार्यहरुको समिक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल र निर्णयहरु हुनेछन् ।

बैठकमा सहभागी हुनेहरुलाई बेनी संगै गलेश्वर, सिंगातातोपानी क्षेत्र, कुष्मा र बागलुङमा समेत होटलहरुको व्यवस्थापन गरि बसोबासको पर्वन्ध मिलाउने तयारी गरिएको क्लबका को चिफ एडभाईजर चन्द्रकुमार केसीले जानकारी दिनुभयो । उहाँले सो अवसरमा लायन्स क्लब मार्फत निर्माण भएको गलेश्वर मावि तोरीपानीको भवन उद्घाटन गरिने जानकारी समेत दिनुभयो । बैठकको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बैठकमा आउने अतिथिहरुलाई म्याग्दीको कला संस्कृतिको अवलोकन गराउने र नजीकका पर्यटकीय गन्तव्य स्थलमा पु¥याउने गरि कार्यक्रमलाई थप प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बैठकलाई शान्त रुपमा सम्पन्न गर्नको लागि शान्ति सुरक्षालाई मजबुद बनाउने बताउँदै बजार क्षेत्रको सरसफाई गरि आउने अतिथिहरुलाई स्वागतमा जुट्नुपर्ने धारणा राख्नुभएको थियो भने कृष्णसिंह बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार