म्याग्दी जेसिजको पदस्थापना (तस्बिर सहित )

बेनी ,शुक्रबार माघ १७ गते ।
जिल्लामा युवा नेतृत्व ,ब्यक्तित्व तथा सामाजिक विकासमा सक्रिय म्याग्दी जेसिजको नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । शुक्रबार जिल्लाको सदरमुकाम बेनीमा शाखा बर्ष २०२० का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिले २१ औं पदस्थापना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो । प्रमुख केसीले जेसिजले सामाजिक ,युवा नेतृत्व तथा ब्यक्तित्व विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यत्रममा बर्ष २०१९ को कार्यसमितिमा रहेर काम गर्नेलाई पुस्कार तथा विभिन्न कोषबाट सम्मान गरिएको थियो । पदस्थापनाको अवसरमा अधिवेशनबाट भएकासंगै मनोनितहरुलाई सपथ ग्रहण गराइएको थियो । अध्यक्ष बरुवाल संगै कार्यकारिणि उपाध्यक्षमा सन्दिप खत्रि ,हरि भण्डारी,महासचिव सुमन बानियाँ ,उपाध्यक्षहरुमा सुनिता श्रेष्ठ,इन्द्रबहादुर विश्वकर्मा,कुमार बानियाँ ,दिनेश विश्वकर्मा ,कोषाध्यक्ष निर्मल खत्री ,शाखा सम्पादकमा बिष्मा श्रेष्ठ ,सचिव नेत्रराज सुवेदी ,सहकोषाध्यक्ष कृष्ण विश्वकर्मा ,तालिम संयोजक सुमन श्रेष्ठ र श्यामसुन्दर कँडेल रहेका छन् ।

अधिवेशनबाट निवर्तमान अध्यक्ष खम थापा मगर र कानुनी सल्लाहकारमा विरेन्द्र श्रेष्ठलाई चयन गरेको छ । नवनिर्वाचित शाखा अध्यक्ष बरुवालले जेसिजको निति तथा कार्यक्रम अनुसार आफुले सामाजिक सेवा ,युवा नेतृत्व र ब्यक्तित्व विकासमा लाग्ने बताउनुभयो ।


थप केही पदहरुमा मनोनित गर्न सकिने प्रावधान भएकाले आवश्य सुझाव सल्लाहको आधारमा सदस्य मनोनित गर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष थापा मगरको अध्यक्षता ,महासचि सन्दिप खत्री र सुमन बानियाँको संचालन तथा बरुवालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार