भीम माविको विजय उत्सव,वडाअध्यक्ष बुढाथोकीद्धारा विद्यालयलाई बीस हजार

यामनाथ पौडेल
देविस्थान ,सोमबार माघ २७ गते ।
म्याग्दी मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । सावित विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सहित परिक्रमा गरेको थियो भने आइतबार आफ्नै विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली पन्थोक र जुग्जा परिक्रमा गरि खुसियाली मनाएको थियो ।

परिक्रमा लगत्तै भिम माध्यमिक विद्यालयको प्राङ्गणमा विजेता तथा सहभागी खेलाडीलाई सम्मान तथा पुरुस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

मालिका गाउँपालिका वडा ५ की अध्यक्ष पिपला बुढाथोकीको प्रमुख आथित्यमा खेलाडीलाई सम्मान तथा पुरुस्कार बितरण गरिएको थियो । प्रमुख अतिथी बुढाथोकीले खेल स्वास्थको लागी खेलाडी रास्ट्रको लागी रहेको बताउदै भिम माध्यमिक विद्यालयले विद्यार्थीको सहि प्रतीभाको छनोत गरेकोमा धन्यवाद व्यक्त गर्दै भिम माध्यमिक विद्यालयलाई विजय बनाएर समग्र देविस्थानको गौरव बढाएकोमा सम्पुर्ण खेलाडीलाई बधाई दिदै ब्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बीस हजार रुपैयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुवेदार दिल बहादुर पुनलाई हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयले पुर्वघोषित पुरस्कार अनुसार स्वर्ण बिजतालाई सात सय रुपैयाँ , रजत विजेतालाई पाँच सय रुपैयाँ र कास्य विजेतालाई तिन सय रुपैयाँको दरले गाउपालिका स्तरमा नै सर्वाधिक ४ स्वर्ण बिजेता खेलाडी रचना सुनार सहित सम्पुर्ण खेलाडीलाई सम्मान गरिएको थियो ।साथै सोहि अवसरमा विभिन्न आमासमुह , स्थानिय विद्यालय र युवाक्लवले पनि खेलाडीलाई अविर र फुलमालाले सम्मान गरेका थिए ।सम्मान कार्यक्रममा भिम माध्यमिक विद्यालयलाई लगातार पहिलो र दोश्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जिताउन अहम् भुमिका निर्बाह गरेकोमा खेल शिक्षक कुम बहादुर फगामीलाई नगत र कदर(पत्र सहित सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुवेदार दिल बहादुर पुनको अध्यक्षता, मालिका गाउपालिका वडा ५ की वडा अध्यक्ष पिपला बुढाथोकीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निमबहादुर पुनको बिशेष उपस्थिति ,डम्बरबहादुर घर्ती मगरको बधाई तथा शुभकामना मन्तव्य , शिक्षक नर बहादुर विश्वकर्माको स्वागत र शिक्षक यामनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार