असुरक्षित बन्दै महोत्सव ः कालिगण्डकी नदीले बगायो बालक,प्रहरीद्धारा उद्धार

पर्वतबेनी ,आइतबार फागुन ०४ गते ।

पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीमा आयोजित महोत्सव असुरक्षित बन्दै जानथालेको छ । नदी किनारमा भएका कारण बालबालिका नदी किनारमा खस्ने र नदीले बगाउने जोखिम बढेको हो । शनिवार महोत्सव हेर्न पुगेका एकबालकलाई नदीले बगाएको छ ।

कुश्मामा संचालित सामुदायिक रेडियो दिदिबहिनीले आयोजना गरेको महोत्सब हेर्ने गएका म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं। १ गुर्जाका अन्दाजी ९ बर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।

नदिले बगाएर झण्डै सय मिटर तल पु¥याएका बालकलाई तत्काल सुरक्षाकर्मीहरुको सहयोगमा उद्धार गर्दा बालक घाईते अवस्था भेटिएका थिए । नदिले बगाएका कारण बालकको हात खुट्टा, ढाडमा समेत गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी

अस्पतालमा उपचार भैरहेको छ ।

महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदिमा खसेपछि बगाएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँचरसात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो ।
नदि किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशिल रहेको छ ।

पटक पटक जिल्ला सुरक्षा समितिको वैठकले उक्त स्थानमा महोत्सव गर्न अस्वीकृत गरेपनि पूर्व सांसद समेत रहेकी रेडियोकी अध्यक्ष चापागाईले अटेर गरेरै महोत्सव आयोजना गर्नुभएको हो ।

सुरक्षा समितिको वैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो । नदि किनारमै संचालन गरिएको र अझै दर्शकहरुका लागि डुंगा शयरको समेत आकर्षण रहेकाले अझै दुर्घटना बढ्न सक्ने देखिएको हो ।

यस अघि बाह« पटकसम्म महोत्सव गर्दै आएकी पूर्व सांसद चापागाईको महोत्सव वर्षेनी अपारदर्शि र हिसाव किताव समेत सार्वजनिक नगरेको गुनासो चुलिएपछि यसपटक कुश्माबाट सारेर जलजलाकै वारीबेनीमा महोत्सव आयोजना गर्नुभएको हो ।

वर्षेनी लाखौ रुपैया आम्दानी गर्ने तर संस्थागत समेत नगर्ने र हिसाव किताव समेत सार्वजनिक नगर्ने भएपछि रेडियो संचालन गरेको संस्था नारि उत्थान समाजका पदाधिकारीहरुले समेत संस्थाबाट बाहिरीएका थिए ।

नदिकिनारको जोखिम स्थानमा संचालित महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फागुन १ गते उद्घाटन गर्नुभएको हो । lokatantraonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार