मालिका गाउँपालिका स्तरिय बाल सञ्जाल पुनगर्ठन तथा प्रशिक्षण ,बालमैत्री गण्डकी प्रदेश निर्माणको कोसिसमा छौं – मन्त्री पुन

बेनी ,विहिबार फागुन ०८ गते ।
म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल क्लब तथा सञ्जाल पुनर्गठन गरिएको छ । गाउँपालिकाको आयोजनामा विहिबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमबाट निस्कोट माविका विनय सेटी अध्यक्षमा मालिका गाउँपालिका स्तरिय बालक्लब पुनगर्ठन गरिएको हो ।


कार्यसमितिको उपाध्यक्षमा रोश्नी केसी (दरबाङ्ग इङिलस बोर्डिङ्ग स्कुल),सचिव माइकल पुन (देउराली आधारभुत) ,कोषाध्यक्ष दिपशिखा पुन (राष्ट्रिय मावि) तथा सदस्यहरुमा यामबहादुर पुन अमरज्योती मावि ,जुना घर्ती भिम मावि ,दिपिका राना गौबमबस्त मावि ,याकुप विश्वकर्मा (जनप्रिय मावि ) ,दिनेश सेन्चुरी (सिद्धार्थ मावि) ,दिपक निउरे (भगवति आधारभुत ) ,ललित पटेल (ओखरबोट मावि) ,रबिना घर्ति (शिद्ध आधारभुत विद्यालय ),कमला घर्ती (गोरक्षा आधारभुत ),लोकेन्द्र पुन (केबी एकेडेमी) र ममिता पाइजा (मालिका आधारभुत विद्यालय) चयन हुनुभएको सहजकर्ता एव्म शिद्ध आधारभुत विद्यालयका प्रअ मोतिराज उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख किरन जंग कुँवर ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बाल अधिकार लगायतका बारेमा प्रशिक्षण गराउनुभएको थियो भने शिद्ध आधारभुत विद्यालयका प्रअ उपाध्यायले संगठनको कार्य र दायीत्वको बारेमा प्रशिक्षण गराउनुभएको थियो ।


कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकार बालमैत्री गण्डकी प्रदेश बनाउने अभियानमा रहेको बताउनुभयो । उहाँले बाल शोषण तथा बालविवाह न्युनिकरणका लागि सबै जुत्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले अभिभावक नभएका सडक बालकालिकालाई प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभयो । अभिभावकविहिन र सडक बालबालिकाको व्यवस्थापनका लागि कास्कीको अन्नपुर्ण गाउँपालिका–२ लेगादेमा भवन निर्माण सुरु भएको बताउनुभयो । उहाँले निजि र सामुदायीक विद्यालय विचको दुरी कम गर्न तथा सामुदायीक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदानका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।


‘प्रदेश सरकार बालमैत्री गण्डकी बनाउने कोसिसमा छ’ मन्त्री पुनले भन्नुभयो, ‘प्रदेश भित्रका ८५ वटै स्थानीय तहमा बालमैत्री कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनका लागि प्रदेश सरकारले बजेट पठाउने तयारीमा छ ।’ साथै सरकारले प्रदेश स्तरिय बाल परिषद गठन गरिएको बताउनुहुदै परिषदलाई एक्टिभ गराउने कोसिसमा रहेको बताउनुभयो । बालबालिकालाई घरपरिवारबाट पनि उनिहरुलाई अधिकारको पुर्ण प्रत्याभुती गराउनुपर्नेमा जोड दिनुभयो ।


कक्षा १२ सम्म विद्यालयको जिम्मा स्थानीय तहलाई दिइएपनि स्थानीय तहले शिक्षामा लगानी नबढाएको बताउनुभयो । पुर्वाधार ,सडकको साथै विकासको आधार मानविय शंसाधन भएको उहाँले भन्नुभयो । ‘असल ,योग्य र दक्ष जनशक्ति विकासको पहिलो सर्त भए पनि यहाँ परिभाषा फरक छ,’ मन्त्री पुनले भन्नुभयो ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु,पत्रकार पुण्य गौतम ,लगायतले बोल्नुभएको थियो । विर्तमान अध्यक्ष हरि गौतमको अध्यक्षता ,वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदीको स्वागत तथा गाउँपालिकाका कर्मचारी कमला शर्माको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार