![](https://myagdinews.com/wp-content/uploads/2020/02/20200221_201719.jpg)
पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/02/20200221_201719.jpg)
दुर्घटनामा अन्दाजी २०/२१ वर्षकी बिना मगर , डेढ वर्षीय बालक असिम मगर, साढे २ वर्षीया बालिका रिविका क्षेत्री र चालक शिव पाण्डे घाइते भएको स्थानीयले जानकारी दिए ।
घाइतेहरुको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/02/FB_IMG_1582295492111-1024x576.jpg)
चालकले मापसे गरेर तिब्र गतिमा कार चलाउदा दुर्घटना भएको प्रतक्ष्यदर्शीले बताएका छन् । पोखरा न्यूज/
तस्बिर : हुम गुरुङको फेसबुकबाट साभार ।