नौमती बाजा समुहद्धारा मृगौला पिडित छन्त्याललाई आर्थिक सहयोग, छोरीको उपचारमा सहयोग गर्न बुबाको अपिल

दर्पन रोका मगर
बरंजा ,विहिबार फागुन १५ गते ।

म्याग्दीको मंगला गाउँपालिका -३ र ४ स्थित मगर नौमति बाजा समुहले मृगौला पिडित संगिता छन्त्याललाई आर्थिक सहयोग गरेको छ । मंगला गाउपालिका- ४ धापुङ्गकी २१ बर्षिया सङ्गिताको उपचारका लागि नौमति बाजा समुहका अध्यक्ष रणबहादुर रोका मगरले मृगौला पिडित संगिताकी बुबा मिन बहादुर छन्त्याललाई ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

लेकसिटी हस्पिटल एण्ड कृटिकल केयर प्रा.लिमा उपचाररत मृगौला पिडित छोरीको उपचारमा आर्थिक समस्या भएको बुबा मिनबहादुरले बताउनुभयो ।


उहाँले आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचारमा आर्थिक समस्या भएको बताउँनुहँुदै छोरीको ज्यान बचाइदिन बुबा मिनबहादुरले सहयोगको याचना समेत गर्नुभएको छ । सहयोगको लागि
प्रभु बैंकको खाता नं ०९५००१०१६०५०३४०००००१
सम्पर्क नं ९८२१३७१५१९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार