संकुचित भए पहिचान गुम्छःअर्थमन्त्री गुरुङ

हुम तमु
पोखरा,सोमबार फागुन १९ गते ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संकुचित भए पहिचान गुम्दै जाने बताउनुभएको छ।
लमजुङ जिल्ला, क्होला सोंथर गाउँपालिका वडा नं. ६ पस गाँउ(पैको नाँसा)मा तमु सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गुरुङहरु सबैलाई समेटेर समृद्धिमा लाग्न आग्रह गर्नुभएको हो।


पहिलो पटक पसगाँउमा पुग्नुभएका मन्त्री गुरुङले महाधिवेशनको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक सञ्जाल फेसबुक स्टाटसको सन्दर्भ कोट्याउनुहुदै प्रदेशको नामाकरणका बेला साझा नामबाट मात्रै दिगो एकता हुने भएकाले मैले नै गण्डकी प्रदेश नाम प्रस्ताव गरेको हुँ, जस्का कारण बहिष्कारदेखि घृणा, विरोधहरु पहिचानवादीहरुबाट भएकोमा कुनै गुनासो छैन, जे छु खुशी छु, उहाँको भनाई थियो। माया गर्ने पनि आफ्नैले हो, घृणा गर्ने पनि आफ्नैले हो भन्नुहुदै विचार नमिल्नेलाई घृणा होइन, मिलेर अघि बढ्न सक्नुपर्दछ भन्नुहुदै उहाँले पहिचानको नाँउमा संकुचित भइयो भने पहिचानहरु लोप हुदै जाने तर्क प्रस्तुत गर्नुभयो।


नेपाल लोकतान्त्रिक तमु संघका केन्द्रीय अध्यक्ष हुदाँ तमुवान मुखपत्र प्रकाशित गरेका थियौं, हामीले नै तमुवान प्रचार गरेको हो तर मगर र गुरुङ भाषाका ऐतिहासिकतासँग समेत जोडिएकाले सबैको साझा हुने गरी प्रदेशको नाम गण्डकी नाम मन्त्री गुरुङले बताउनुभयो। तमुवान भनिरहे प्रदेशको नाम त पाउने सम्भावना नै थिएन त्यतिमात्र होइन प्रदेशको नेतृत्व समेत नपाउने अवस्था रहेको उहाँको भनाई थियो। विश्वले हाम्रो समुदायलाई गुरुङ भनेर चिनिरहेको छ, अब तमु हुदै थर भन्दै पहिचानको नाउमा संकुचित त बनेका छैनौं भनि प्रश्न समेत गर्नुभयोे।

पृथ्वीनारायण शाह संकुचित भएको भए नेपालको नाम नेपाल रहने थिएन, गोर्खा रहन्थ्यो होला तर गोर्खाले सबैलाई एकताबद्ध बनाउने नाम हुने थिएन मन्त्री गुरुङले भन्नुभयो । विविधतामा एकता सुन्दर इन्द्रेणी जस्तै मिलेको समृद्ध प्रदेश जरुरी छ र गुरुङ लगायत आदिवासी जनजातिले आफ्नो लोप हुदै गएको भाषा, धर्म, सँस्कृति, संस्कार, पराम्परा, ज्ञान सिपको संरक्षण र विकास गर्दै पहिचान स्थापित गर्नुपर्ने उहाँको सुझाव थियो।


आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले विकासका निम्ती प्रदेश सरकारले सडक बाटो, उर्जा, पर्यटन, लोकसँस्कृति लगायत भौतिक विकासमा जोड दिएको बताउनुभयो। पस गाँउ(पैको नाँसा)को विकास र समृद्धिका लागि केही योजनाहरु भए स्थानिय र प्रदेश सरकारमा ल्याउन आव्हान समेत गर्नुहुदै तमु सञ्चारकर्मी संघलाई सहयोग गर्ने वचन बद्धता समेत व्यक्त गर्नुभयो।


नेकपाका केन्द्रीय नेता समेत रहनुभएको मन्त्री गुरुङले आफ्ना पार्टी विभाजन हुदैछ भनेर भ्रम फिजाइएकोमा आपत्ति जनाउनुभयो। हाम्रो पार्टी एक छ, एक ढिक्का छौं भन्नुहुदै भ्रम फिजाउन लेख्नेको विश्वास गर्न उहाँको आग्रह थियो।


उदघाटन समारोहको अध्यक्षता ग्रहण गर्नुभएकी तमु सञ्चारकर्मी संघ नेपालकी  अध्यक्ष मीना गुरुङले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने, जुट्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुहुदै तमुहरुमा शब्दमा समेत आपत्ति हुने भएकोले गुरुङ, नेपाली, अंग्रेजीमा पोख्त हुनुपर्ने बताउनुभयो। तमुहरु सामाजिक साँस्कृतिक मात्र नभएर राजनीतिक क्षेत्रमा प्रवेश जरुरी छ भन्नुहुदै महिला उद्यमशीलता, व्यवसायिक क्षेत्रमा युवाको अगुवाई गर्नुपर्नेमा जोड दिनुभयो। पैको नाँसाको पर्यटन प्रवद्र्धन र होमस्टेको प्रचार प्रसारका लागि तमु सञ्चारकर्मीहरुले विशेष भुमिका खेल्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) अध्यक्ष तथा तमु संचारकर्मी संघ नेपालका निवर्तमान अध्यक्ष डण्ड गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु पत्रकारहरुमा श्रोतको होइन कार्यक्रमको खाँचो रहेको बताउनुभयो। पस गाँउ(पैको नाँसा) महाधिवेशन आयोजना गरिएको गाँउको प्रचार प्रसार विश्वको कुना कुनामा पुग्ने र पुर्याउन तमु सञ्चारकर्मीहरुले भुमिका खेल्ने भन्दै पर्यटकीय र साँस्कृतिक दृष्टिकोणले सुन्दर पैको नाँसाको विकास छिट्टै हुने अपेक्षा राख्नुभयो।


तमु संचारकर्मी संघका संस्थापक संयोजक हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु सञ्चारकर्मी संघको स्थापनाका ऐतिहासिकता, स्थापनाको उद्धेश्यको बारेमा जानकारी दिनुभएको थियो। अपभ्रंश बनाइएको पस गाँउ नामलाई सकिन्छ भने तमु भाषाकै पैको नाँसा बनाउन जनप्रतिनीधिहरुलाई आग्रह गर्नुहुदै पैको गाँउको प्रचार प्रसार, गाँउको संभावना र समस्याहरु उजागर गर्दै विकास र समृद्धिमा हातेमालो गर्न तमु सञ्चारकर्मीहरु पैकोमा महाधिवेशन गरेको र गाँउको समस्या अर्थमन्त्रीज्युले मनन गर्दै आगामी बजेटमा योजनाहरु समावेश गरिदिन आग्रह समेत गर्नुभयो। विकासबाट कर्णाली जस्तै बनेको पैकौ नाँसाको विकासका लागि बाटो, पर्यटन पर्यटन, मौलिक सँस्कृति लगायतको विकासका लागि सरकारको ध्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार