म्याग्दी आइटिएफ टेक्वाण्डो संघको अध्यक्षमा श्रेष्ठ

म्याग्दी,सोमबार फागुन १९ गते ।
जिल्लाको ग्रामिण क्षेत्रमा समेत टेक्वान्डो खेल लैजाने उद्देश्यले आइटिएफ टेक्वान्डो संघ गठन भएको छ । सोमबार म्याग्दीको बेनीमा आयोजित एक भेलाले यूवा ब्यवसायी सुमन श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ,विकास पुन, सचिव सोहन श्रेष्ठ, कोषाध्यक्ष असल केसी रहेका छन् । समितिको सदस्यहरूमा खड्क केसी, राकेश शर्मा, अशोक सापकोटा, साजन पुन, मनिता पुन, सोनिया पुन, मनिश थापा र साजन फगामी रहेका छन् ।

आइटिएफ टेक्वान्डो महासंघका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश संयोजक घम बहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित भेलामा संघ मार्फत जिल्लाका स्थानीय तहहरुको विद्यालयमा आत्मरक्षा सहित प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ। सोही अवसरमा नवगठित संघका अध्यक्ष श्रेष्ठले बेनीका निजी तथा सामुदायिक विद्यालयबाट खेल प्रशिक्षण सुरु गरिने बताए । म्याग्दीमा निकट भविस्यमा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता समेत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार