मुख्यमन्त्री गुरुङद्वारा फागु पुर्णिामाको शुभकामना

पोखरा,सोमबार फागुन २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा अर्थात् होली पर्व अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिएका छन् । उनले आइतवार शुभकामना सन्देश दिँदै नेपालीप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन् ।

फाइल तस्वीर

‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि भएकाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देश नेपाल हो,’ उनले भनेका छन्, ‘संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुद बनाउन महत्वपूर्ण योगदान दिँदै आएको छ ।’

‘यस पर्वले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु, उनले सन्देशमा भनेका छन् । साथै उनले नोभल कोरोना भाइरसको संक्रमणले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको सन्दर्भमा यस्ता सांस्कृतिक पर्व मनाइरहँदा नोभल कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा सचेत र सचेतना अभियान समेत संचालन गर्न आग्रह गरेका छन् । आदर्श समाज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार