कोरोनाका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

काठमाडौं ,शुक्रबार फागुन ३० गते। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए ।

वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा भनिएको छ, ‘‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार श्रम स्वीकृति स्थगन गरिएको जनाएको छ । ‘अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरिएको’ कार्यालयले जनाएको छ ।

यसअघि कतारको श्रम स्वीकृति दिन बन्द गरिएको थियो । कतार सरकारले नेपालीलाई कतार जान रोक लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको थियो । अब नेपाली रोजगारीका लागि कुनै पनि मुलुकमा जान श्रम स्वीकृति तत्काल पाउने छैनन् । यसको प्रत्यक्ष असर रेमिट्यान्स आयमा पर्नेछ ।

कतार, मलेसिया, युएइ, साउदी अरब, कुबेत, जापान, बहराइन, दक्षिण कोरियालगायत नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक हुन् । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पठाएका रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धान्दै आएको छ । अब कोरोनाका कारण रेमिट्यान्स पनि प्रत्यक्ष प्रभावित हुने भएको छ । मुलुकमा बर्सेनि ८ खर्ब बढी रुपैयाँ रेमिटेन्स भित्रने गर्दथ्यो ।baahrakhari

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार