मुस्ताङमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि

सुशीलबाबु थकाली
मुस्ताङ,शनिबार असार ०६ गते ।

मुस्ताङमा पनि एकजना व्यक्तिलाइ कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको जानकारी अनुसार मुस्ताङका ८३ बर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो ।


घरपझोङ गाउँपालिका वडा नँ –१ छैरो तिबितियन क्यामका ८३ बर्सिय वृद्धलाइ कोरोना पोजेटिभ देखिए लगत्तै अहिले उक्त बस्ती सिल गरिएको छ ।

गत ३१ गते काठमाडौको बौद्धबाट मुस्ताङ आएका २० जना मध्य १ जना वृद्धमा RDT पोजेटिभ देखिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारि बेदप्रसाद अर्यालले बताउनुभयो, उहाँले भन्नुभयो –‘उनीसँगै आएका १९ जनाको RDT नेगेटिभ देखिएको हो । भने वृद्धलाई RDT पोजेटिभ देखिएलगत्तै जिल्ला अस्पताल मुस्ताङको आइसोलेसनमा राखिएको थियो । ’

आज शनिबार साझ उक्त ८३ बर्सिय वृद्धमा कोरोना संक्रमण पुस्टी देखिएसँगै अहिले गण्डकी प्रदेशको ११ ओटै जिल्ला कोरोनाबाट प्रभावित बनेको छ । ८३ बर्षिय वृद्ध अशक्त भएकोले उनको साथमा ज्वाइलाइ राखिएको थियो । ज्वाइको भने PCR रिपाेर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताउनुभयो, उहाँले भन्नुभयो– ‘भोली बाँकी १८ जनाको स्वाब परिक्षणको गरिनेछ ।’ उहाँका अनुसार मुस्ताङ पनि कोरोना संक्रमणबाट प्रभावित बनेको छ । यद्यपि नआत्तिकन कोरोनाबाट बच्न र सावधानी अपनाउन आम मुस्ताङबासिलाइ उहाँले अपिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार