म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण भएका र नयाँ क्रियाशिल सदस्यको नामावली पठाउन केन्द्रमा पहल भइरहेको कंग्रेस म्याग्दीले जनाएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा सामुहिक तस्बिर खिचाउँदै ।

वडा अधिवेन सम्पन्न भएका ४३ मध्य दुई वटा वडामा निर्वाचन मार्फत र अन्यमा सर्बसम्म रुपमा नेतृत्व चयन भएका नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । पाँच गाउँपालिका र एक नगरपालिका रहेका म्याग्दीमा ४५ वटा वडा रहेका छन् । मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्ण बरुवाल वडा सभापतिमा निर्बाचित हुनुभएको हो ।

म्याग्दीको मालिका गाउँपालिका–२ मा सामुहिक तस्बिर खिचाउँदै । 

सात वडा रहेको धवलागिरी गाउँपालिका–१मा केआईसिंह छन्त्याल ,२मा ज्ञानबहादुर पाइजा ,३मा जंगबहादुर भण्डारी ,४ मा योगेन्द्र घर्ति ,५मा अमर छन्त्याल ,६मा योगेन्द्र गुरुङ र ७ मा डमबहादुर पुन चयन हुनुभएको छ । ५ वटा वडा रहेको मंगला गाउँपालिका– १ मा रामबहाहदुर खत्रि ,२ मा श्रीभद्र शर्मा ,३मा तेकबहादुर छन्त्याल ,४मा लालबहदाुर रोका र ५मा तुल्सीराम कंडेल चयन हुनुभएको छ ।

म्याग्दीको धवलागिरी  गाउँपालिका–३ मा सामुहिक तस्बिर खिचाउँदै ।

मालिका गाउँपालिका–१,मा भबहादुर पुन,२मा चन्द्रबहादुर पुन,३मा हरिप्रकाश पुन, ४मा तमबहादुर पुन, ५मा भकबहादुर घर्ति, ६मा गोपाल गौतम र ७मा टुकमान गर्बुजा वडा सभापति चयन हुनुभएको छ ।८ वडा वडा रहेको रघुगंगा गाउँपालिका– १ मा सुर्य गर्बुजा ,२मा राजकुमार भण्डारी ,३ मा अशोककुमार शाही ,४ मा कृष्ण गर्बुजा ,५मा गोबिन्द पाइजा ,६ मा भेषबहादुर शेरपुञ्जा, ७मा प्रदिप पाइजा र ८मा गमान छन्त्याल चयन हुनुभएको छ ।

क्रियाशिल सदस्यता नबिकरण गरेकाको नामावली प्राप्त नभएपछि स्थगित भएको अन्नपुर्ण गाउँपालिका–१ दोबा र ८ राम्चे बाहेकका वडामा अधिवेशन सम्पन्न भएको छ ।प्रवक्ता श्रेष्ठका अनुसार वडा नम्बर २ मा ऋषिराम पुर्जा ,३ मा सुरत केसी ,४ मा सोमप्रसाद पुर्जा ,५ मा अर्जुन पुन ,६ मा कृष्ण बरुवाल निर्वाचित , ७ मा खुमबहादुर पुन चयन हुनुभएको छ ।

बेनी नगरपालिका–१मा कमल थापा , २ मा यामबहादुर कार्की ,३ मा क्याप्टेन जसबहादुर पुन ,४मा सुमन बानियाँ ,५मा यामबहादुर बानियाँ, ६मा जिवन पौडेल ,७ मा रमेशकुमार श्रेष्ठ ,८मा हिमबहादुर भण्डारी र ९ सुवर्ण केसी चयन हुनुभएको छ । नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले आन्तरिक एकतालाई बलियो बनाउन छलफल र सहमति गरेर वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको बताउनुभयो । उहाँले सहज वातावरणमा अधिवेशन गराउन सहयोग गर्ने निर्वाचन अधिकृत  , मतदान  अधिकृत ,नेता तथा कार्यकर्ता लगायत सबैलाई धन्यवाद दिनुभयो ।

‘अधिकाँश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । सकेसम्म सबै वडामा सहमतिमा नेतृत्व चयन गर्न हाम्रो आग्रह थियो ,केही वडामा निर्वाचन भएको छ । निर्वाचन भएपनि लोकतान्त्रिक पद्धतिमा यसलाई स्वभाविक रुपमा लिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु ,’–उहाँले भन्नुभयो ।

वडा अधिवेशन पछि गाउँ÷नगरपालिकाको अधिवेशन २७ भदौ ,प्रदेश सभा क्षेत्रीय अधिवेशन १ असोज ,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ५ असोजमा , एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्ला अधिवेशन १० असोजमा हुने भएको छ । यस्तै प्रदेश अधिवेशन कात्तिक १०,११ र १२ गते हुने भएको छ भने केन्द्रीय महाधिवेशन मंसिर ९,१०,११ ,१२ र १३ गते हुने कार्य तालिका छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार