धवलागिरीमा एमालेबाट अध्यक्षमा चार र उपाध्यक्षमा सात जना सिफारिस

म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन ।

उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो ।

दिनैभरि चलेको बैठकमा सहमतिका लागि वृहत छलफल गर्दा पनि चारै जनाले दावि नछोड्ने अडान लिएपछि पालिका कमिटीले आकाँक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

अध्यक्ष पदका आकाँक्षी भण्डारी नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । उहाँ हाल काठमाडौँ बसेर पालिका देखि लिएर जिल्लाका गतिविधिहरुमा सघाउँदै आउनु भएको छ ।

त्यस्तै अर्का आकाँक्षी पुन नेकपा एमाले जिल्ला कमिटी उपसचिव हुनुहुन्छ । हाल धवलागिरी गाउँपालिकाको बहालवाला अध्यक्ष समेत रहुनुभएका पुन जिल्लामा कुशल महिला नेतृको रुपमा परिचित हुनुहन्छ । पालिका कमिटी अध्यक्ष समेत रहनुभएका थापा बिचार र उमेरले समेत पाका कम्युनिष्ट नेता हुनुहुन्छ । भने हाल गाउँपालिकाको उपाध्यक्ष रहनुभएका छन्त्याल एमालेको पालिका कमिटी सचिव हुनुहुन्छ ।

त्यस्तै धवलागिरीमा उपाध्यक्ष पदका लागि एमालेबाट सात जना आकाँक्षी देखिएका छन । दिनेश केसी, रोशन कार्की, अमृता भण्डारी, सुवादेवि पूर्जा, किनमाया घर्ति, गौसरा घर्ति र क्याममाया पूर्जाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य ईश्वर सुवेदीले बताउनुभयो ।
आगामी बैशाख दुई गते वस्ने जिल्ला कमिटीको बैठकमा सहमतिका लागि प्रयास गरिने र टुङगो नलागे प्रदेश कमिटीमा आकाँक्षीहरुको नाम पठाईने नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार