धवलागिरी गाउँपालिकामा ८९ जनाको उम्मेदवारी दर्ता

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । मुनास्थित रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाअध्यक्षमा २० र वडासदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

३० बैशाखमा हुने मतदानबाट सात वटा वडा रहेको धवलागिरी गाउँपालिकाको ३७ पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये वडानम्वर १ गुर्जाको महिला सदस्यमा नेकपा माओवादी केन्द्रका सिताकुमारी छन्त्याललको मात्र उम्मेदवारी परेकोले निर्विरोध सदस्यमा पदमा हुनुभएको सहायक निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका थमसरा पुन, नेपाली कांग्रेसबाट प्रेमप्रसाद पुन, नेकपा एकीकृत समाजबादीका बमबहादुर पाईजा, राप्रपाबाट होमबहादुर थापा, र नेशनल मंगोल अर्गनाईजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा माओवादी केन्द्रका रेशम पुन र मंगोल नेशनल अर्गनाईजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ । धवलागिरीमा कांग्रेस र नेकपा माओवादी केन्द्रले वडा तहसम्मनै तालमेल गरेको छन् ।

गाउँपालिका अध्यक्षमा एमालेबाट आकांक्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ नेकपा एमालेको धवलागिरी गाउँपालिका कमिटीको अध्यक्षमा हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार