गण्डकीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मंगलबार बेनी स्थित खुल्ला मञ्चमा भएको सेमिफाइनल खेलमा सोझो तीन सेट हात पार्दै पुलिस क्लब विजयी भएको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थियो । प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।

याे पनि…

राष्ट्रिय महिला भलिबल : एपीएफ फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)

भिडिओ हेर्नुहोस्

 

एपिएफलले बागमती प्रदेशलाई सेमिफाइनलमा पराजीत गरेको हो । ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता जनाएको प्रतियोगीताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विभागीय टिमले स्थान सुरक्षित गरेका छन् ।त्यसैगरि, एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो,तेस्रो र चौथो सेटको खेलमा सम्हालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपीएफले बागमति माथि २५–२३, २५–२२, २५–१६ जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।प्रतियोगितामा पुलिसकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार