बाम –लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो

  म्याग्दी न्युज संवाददाता

बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नम्बर ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् ।

घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाल लाकतान्त्रिक गठबन्धका उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै मददाता शिक्षा (भोट हाल्ने तरिका) सिकाउदै घरघरमा पुगेका थिए ।

घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का हरि भण्डारीले जिल्लाको विकासका लागि यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ खमबहादुर गर्बुजा खम्बीर र म्याग्दी प्रदेश सभा क्षेत्र क का आफुलार्ई बिजयी गराउन आग्रह गर्नुभएको थियो ।

नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख का सभापती ओम छन्त्याल, काँग्रेस बेनी नगरपालिका वडा नं। ८ का अध्यक्ष, नेकपा माओवादी लगायतका नेताहरुले घरदैलो गरि गठबन्धनका साझा उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार