सडक मानव व्यवस्थापनमा सघाउने सरोकारवालाहरुको प्रतिवद्धता (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । सडक मानव व्यवस्थापन, उद्दार र राहतका लागि म्याग्दीका सरोकारवालाहरुले ९ बुँदे प्रतिवद्धतापत्र जारी गरेका छन् । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बाग्लुङले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमपछि मानवता प्रर्वद्धनका लागि प्रतिवद्धता जनाइएको हो । जनप्रतिनिधि, सरकारी, सुरक्षा निकाय, सामाजिक संघ संस्था र अगुवाहरुले म्याग्दीलाई सडक मानवमुक्त बनाउने प्रतिवद्धता जनाएका हुन् ।

तीन वटै सरकारको नीति तथा कार्यक्रम तर्जुमा गर्दा मानवता तथा मानव सेवाको विषयलाई महत्वका साथ समेट्ने, युवाहरुमा मानवीयता सम्बन्धी औपचारिक र अनौपचारिक शिक्षाको माध्यमबाट समेट्ने, मानवता र नैतिकताका विषयहरुको जोड दिने, पारिवारका सदस्यहरुको रेखदेखका लागि उपयुक्त व्यवस्था गर्नुपर्ने र समुदायमा जेष्ठ नागरिकहरु वि।ामस्थल बनाउन अन्य रचनात्मक गतिविधिमा सहभागी हुनका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

्सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाका अनुसार सार्वजनिक स्थलमा वा सडकमा कोही असहाय वा सहयोगापेक्षी व्यक्ति पेला परेमा सम्बन्धित पालिका, वडा र प्रहरीलाई सूचना गर्ने, जेष्ठ नागरिकहरुलाई उपचारको सहज व्यवस्था र असहाय एवम् वेवारिसे व्यक्तिहरुलाई आश्रमस्थलसम्म पु¥याउन सहयोग गर्ने, सबैखाले तालिम, कार्यक्रममा मानवता प्रर्वद्धनको विषय समावेश गर्ने, सार्वजनिक स्थान, विद्यालय तथा क्याम्पसहरुमा मानवता प्रर्वद्धन सम्बन्धी नाटक एवम् उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ ।

कार्यक्रममा सहभागीहरुले गण्डकी प्रदेशलाई सडक मानव मुक्त घोषणा गरिएपनि त्यसको निरन्रता र आश्रयस्थल व्यवस्थापनको आवश्यकता औल्याएका थिए । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बागलुङ, पोखरा लगायत प्रदेशका विभिन्न ठाउँमा निर्माणाधिन मानव सेवा आश्रमको भवनलाई पूर्णता र सडक आश्रित सहयोगापेक्षी मानव उद्दार, पुनस्र्थापना तथा व्यवस्थापन कार्यविधिको कार्यान्वयनमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गरिवि, अशक्तता, विपद्, कुरिति आदीका कारणले सडकमा पुगेका मानिसहरुको व्यवस्थापनको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो ।स्थानीय तहका प्रमुखहरुको तर्फबाट बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मानव सेवा आश्रमको भवन बनाउन रु। ११ लाख बिनियोजन गरिएको जानकारी दिनुभयो ।मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सडक मानवको उद्दार र व्यवस्थापनसँगै पारिवारिक पुर्नमिलनमा जोड दिइएको बताउनुभयो । बागलुङमा रहेको मानव सेवा आश्रममा हाल ५५ जना आश्रित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार