ताकममा कृषि औजार मर्मत सम्बन्धी तालिम

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकममा सोमबार कृषि औजार मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको तालिम ७ दिनसम्म सञ्चालन भएको थियो । वडा नम्बर २, ३, ४ र ७ नम्बर वडाका २ज्ञ जनाको सहभागिता रहेको तालिममा मिनिटेलर हलो मर्मत सम्बन्धि तालिम दिइएको हो ।

तालिममा सहभागिहरुलाई १÷१ सेट मर्मत सामग्री र प्रमाणपत्र वितरण गरिएको थियो । वडा नम्बर ५ र ६ का लाई लक्षित गरेर मराङमा पनि यस्तै प्रकृतिको तालिम सञ्चालन भएको छ । दिपक किसानले तालिममा कृषि औजार मर्मत सम्बन्धी तालिम दिनुभएको छ ।

तालिमको समापन गर्नुहुँदै धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले कृषि औजार मर्मत गर्ने सिपयुक्त जनशक्ति भएपछि कृषकहरुलाई सहज हुने र मर्मतका लागि बजार पुग्नुपर्ने अवस्था हट्ने बताउनुभयो ।वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष रामबहादुर खत्रीको अध्यक्षता, कृषि प्राविधिक आस्विन खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार