ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको धारापानीका खिमकुमारी उपाध्यायले बताउनुभयो ।शिविरमा ३६ जनालाई अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका कर्मचारी देव पुनले बताउनुभयो । २ जनालाई (क), २७ जनालाई (ख), १ जनालाई (ग) र ६ जनालाई (घ) वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

१ वटा एल स्टिक, २९ जनालाइ (लठ्ठ्ठी), २ जनालाई बेल, ३ जनालाई वैशाखी, ४ जनालाई बलाइन्ड स्टिक, ह्वाइट क्यान २ जनालाई, कमोड चियर ३ जनालाई वितरण गरिएको छ । यसअघि मराङमा सोमबार भएको घुम्ति शिविर मार्फत ६ जना पुरुष र ४ जना महिलालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो ।

यसैगरी १४ थान एल स्टिक, २ थान ह्वाइट केन, १ थान कम्बोट चियर र १ थान बैशाखी वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य, वडा अध्यक्ष अशोक खत्री, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो ।

वडा नम्बर ४ मुदीमा बुधबार घुम्ति शिवर मार्फत अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरिने उपाध्यक्ष पुनले बताउनुभयो । अपाङ्गता भएकाहरुबाट माग संकलन गरेर आवश्यक सहायता सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

वडामै निवेदन संकलन गरि अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरि परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झञ्जटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताउनुभयो ।

अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रको आधारमा सार्वजनिक यातायात लगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार