धवलागिरी गाउँपालिका समाज काठमाडौंको अध्यक्षमा लिलबहादुर पुन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाबाट काठमाडाैंमा बसोबास गर्नेहरूको साझा संस्था धवलागिरी गाउँपालिका समाजको चौथो वार्षिक साधारणसभाबाट मराङका लिलबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमसहित आयोजित साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष–यामलाल सुवेदी–ताकम, महिला उपाध्यक्ष–चन्द्रमति घर्ति–मुदी, सचिव–मेजरमान छन्त्याल–गुर्जाखानी,सहसचिव–तेजिन्द्र भण्डारी–मच्छिम, कोषाध्यक्ष–खडकबहादुर थापा–धारापानी,सहकोषाध्यक्ष–ताराप्रकाश पाण्डे रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा तुलप्रसाद छन्त्याल–मल्कबाङ,बलबहादुर घर्ति–सिबाङ,सारा केसी–मराङ,तेजिन्द्र थापा–धारापानी,झकबहादुर पुर्जा–लम्सुङ, भिममाया बुढा–दर,ओमदेवी पुन–मुना,पदम पुर्जा–खोरिया,तिर्थ छन्त्याल–मलम्पार, दिर्घबहादुर पुन–मराङ र ज्ञानबहादुर बुढा–खिबाङ रहेका छन्। समाजका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षता भएको साधारणसभाको उद्घाटन गदैं प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जन्मभूमिमा हुने हरेक गतिविधिमा स्वदेश तथा विदेशमा रहनुभएकाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

‘म्याग्दीमा इमान्दारीपूर्वक काम गर्ने गरी अहिले लागि परेको छु,’ मैले विकासका केही काम गरेको छु, अझै केही योजना बनाएको छ’ सांसद गर्बुजाले भने । धवलागिरी गाऊपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पश्चिम क्षेत्रको विकासका लागि बजेटको अभाव भएको बताए । सोही अवसरमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन लगायतको उपस्थिती रहेको थियो ।

९० वर्ष माथिका जेष्ठ नागरिक हरु जमुना श्रेष्ठ–फलियागाऊ, भिमदेवी पाण्डे–फलियागऊ,मनबुजा चोचाङी–मराङ,जङदेवी छन्त्याल–मल्कबाङ,श्यामबहादुर थापा–धारापानी,रेवति भण्डारी–फलियागाऊलाई सम्मान पत्र प्रदान गरिएको थियो । साधारणसभामा रिद्दबहादुर छन्त्याल–गुर्जा,रेशम भण्डारी–फलियागाऊ,तेजिन्द्र थापा–धारापानी, डा,राजन सुवेदी–ताकम,थमबहादुर तिलिजा–मुदी,बगर,ईन्द्रबहादुर जुग्जाली–मराङ, धनकुमारी गौचन–मुदी, स्व नारायण सिह ९मरणोपरान्त० को तर्फबाट धर्मपत्नी गंगादेवी सिह, सिवाङ र तुलप्रसाद छन्त्याल–मल्कबाङ रहेका थिए ।

साधारणसभामा सचिव यामलाल सुवेदीबाट संचालन गरिएको सो सभामा अध्यक्ष लिलबहादुर पुनले संस्थको कार्यप्रगति विवरण र कोषाध्यक्ष खडक थापाले आय–व्यय विवरण प्रस्तुत गरेको सो कार्यक्रममा लोक गायक खडग गर्बुजा र राम रसाईलीले लोकगी प्रस्तुत गर्नु भएको थियो भने बाल कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार