• न्यायालय विवादमा मध्यमार्गी बाटो खोज्दै सत्ता गठबन्धन

    काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलका नेताहरू मध्यमार्गी उपायको खोजीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलित भइरहेका बेला सत्ता गठबन्धन भने जबरालाई लामो समय बिदामा राखेर कायममुकायमको भरमा अदालत...

  • सर्वोच्चको समाधान खोज्ने सभामुखको आश्वासन

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भन्नुभयो, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको ...

  • गरिमा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

    काठमाडौँ । गरिमा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ दरको १० लाख कित्ता आठ दशमलव ७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गरेको हो । उक्त ऋणपत्रको अवधि सात वर्ष रहनेछ । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । बाँकी ६० करोड रुपैयाँ बर...

  • अमेरिकामा खोप लगाएका व्यक्‍तिमा ओमिक्रोन संक्रमण

    काठमाडौं । अमेरिकामा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सं...

  • विदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

    काठमाडौँ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक ...

  • मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    बेनी । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय ...

  • कांग्रेस महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : प्रवक्ता शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदानको टुंगो नलागेको बताउनुभएकोे छ ।ललितपुरमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले कांग्रेसमा नेतृत्व चयनका लागि २९ वटा मतपत्र हुने बताउनुभयो । त्यसका लागि एकजना प्रतिनिधिलाई मतदानका लागि...

  • आज कांग्रेसको प्रादेशिक अधिवेशनः सभापति देउवाले उद्घाटन गर्ने

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर...

  • १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

    काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार–प्रसार समितिले पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो । १४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।...

  • बारका प्रतिनिधिलाई सर्वोच्चमा छलफलका लागि बोलाइयो

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका प्रतिनिधिबीच छलफल हुने भएको छ । प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो । ...