काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको ...
समाचार
-
-
त्रिवि परीक्षा नियन्त्रकमा पुन:जोशी नियुक्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन:पुष्पराज जोशी नियुक्त हुनुभएको छ । चार वर्षे पहिलो कार्यकाल पूरा गर्नुभएका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिनुभएको हो । उहाँले भन्नुभयो, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो। लगत्तै त्रिभुवन विश्वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार...
-
खाल्डोमा जमेको पानीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ। घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबे...
-
काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चेबाजा
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ । बुधबार काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ । गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३०...
-
चार महिनाभित्र एकीकृत समाजवादी पार्टी मुलुककै ठुलो दल बन्छ : मेटमणी चौधरी
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले ४ महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठुलो दल बन्ने दाबी गर्नुभएको छ । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणी चौधरीले यस्तो बताउनुभएको छ । “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” चौधरीले भन्नुभयो...
-
५ वर्षीय छोराको हत्या गर्ने सौतेनी आमा जेल चलान
महोत्तरी । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोप...
-
जन्मदिनमा गाउँपालिका अध्यक्ष पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी । जन्मदिनको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले परोपकारी संस्था ओेमकुमारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष पुनले मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषलाई १३ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शान्तिकोषका अध्यक्ष राजेश शाक्यले सह...
-
ज्येष्ठ नागरिकको चिन्ता : नागरिक नभई मरिन्छ कि!
गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि! भन्ने। उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उहाँहरू चिन्तित बन्नुभएको छ । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरूपमा काम गर्नुपरेक...
-
निर्वाचन आयोगमा सकियो सांसद र केन्द्रीय सदस्यको सनाखत
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरिसकेका छन्। माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्।यस्तै जनता सम...
-
सुनकोसीको ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते
सिन्धुपाल्चोक । बुधबार दिउँसो सुनकोसी गाउँपालिकाको ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २५ यात्रु घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त बसले २ जना थिचेको देखिएको छ । उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शीको आशंका छ । थिचिएकालाई निकाल्न प्रहरी र स्थानीय प्रयासरत छन् । अहिले भर्खरै घ...













