• थप २५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ...

  • पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने

    पोखरा । पोखरा विश्वविद्यायले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चाल नगर्ने निर्णय गरेको हो । विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपास...

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । उहाँ यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आउनुभएको थियो । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गर्नुभएको हो । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्...

  • मधेश प्रदेशमा हावाहुरीका कारण ३ जनाको मृत्यु

    काठमाडौं । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । धनुषाका एसपी बसन्त रजौरेले धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको र...

  • नेपालमा आधा जनसंख्याले लगाए कोरोनाको दुबै डोज खोप

    काठमाडौं । नेपालमा आधा जनसंख्याले कोरोनाको दुबै डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक करोड ४९ लाख २७ हजार ८ सय ९८ जनाले दुबै डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५१.१ प्रतिशत हो। यसैगरी एक करोड ७३ लाख २ हजार ७ सय ८७ जनाले पहिलो डोज लगाएका छन्। जुन कुल जनसंख्याको ६८।४ प्रतिशत ह...

  • विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।...

  • मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

    काठमाडौँ । मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ। कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो। आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश ...

  • कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने माओवादी केन्द्रको तयारी

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवण्डा करिब करिब मिलिसकेको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री शाहीले भन्न...

  • प्रशिक्षक अलमुताइरी सम्मानित

    काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अलमुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँले नेपाली फुटबल खेल...

  • खेलकुद पूर्वाधार निर्माणका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालेसेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । प्...