काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामेछापका ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.सविन थपलियाका अनुसार ती पुरुषमा मधुमेह र मिर्गौलाको समस्या पनि थियो । स्वाथ्यमा समस्या भएपछि आफन्तले अस्पता...
मुख्य समाचार
-
-
स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय पक्राउ
पर्सा । स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकलला...
-
विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित
काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यस...
-
हितेन्द्रदेव शाक्य बने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक
काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताए। कुलमान घिसिङको कार्यकाल सकि...
-
स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीको छोराछोरीको खातामा तीन लाख सङ्कलन
लहान । सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु तीन लाखभन्दा बढी रकम जम्मा भएको छ ।नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखामा खोलेको चुन्नामुना खातामा रु तीन ...
-
उद्धार उडान बन्द गर्न सिफारिस गर्ने सीसीएमसी निर्णय
काठमाडौँ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रह...
-
चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार संक्रमण पुष्टि भएको हो । रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन् का सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । नागरिक खबरबाट साभार ...
-
देशभर २८१७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्...
-
गण्डकी प्रदेशमा कृषि बीमा निःशुल्क
म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । संघीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनर...
-
उपचारका लागि बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थपिए चार जना कोरोना संक्रमित
बेनी । उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थप चार जनामा कोरोना पुष्टि भएको छ । । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो...






















