अमित विश्वकर्मा/साधन राम्जालीबेनी ,असार शनिबार २७ गते ।विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ ।...
मुख्य समाचार
-
-
पहिरो अपडेट ः १९ जनाको शव भेटियो ,घाइते १२ जनाको हेलिकप्टर मार्फत उद्धार
बेनी ,शनिबार असार २७ गते ।शुक्रबार गएको पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित स्थानमा सारिएको छ ...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी ,शनिबार असार २७ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित दुवै जनालाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने...
-
पहिरो अपडेट ः बिममा एकै परिवारका चार जनाको शव भेटियो
बेनी ,शनिबार असार २७ गते ।म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोमा परेर हराइरहेका ९ जना मध्य चार जनाको शव भटिएको छ । शुक्रबार विहानदेखी पहिरोमा परेर हराइरहेका सोही बिमका ३० बर्षिय बिरबहादुर नेपाली ,श्रीमती २५ बर्षिया बिष्णु नेपाली , ५ बर्षिय छोरा सन्दीप नेपाली र अन्दाजी दुई महिने छोरीको शव भेटिएको जिल्ला प्रहरी क...
-
म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिल...
-
ठाडाखानीमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अन्दाजी ३६ बर्षिय ललितमान छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको छ । शुक्रबार विहान साढे आठ बजेतीर गोठमा जाने क्रममा छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडा सदस्य टेकजित छन्त्यालले जानकारी दिनुभयो ...
-
म्याग्दी नदीमा आएको बाढीले प्रहरी विटमा क्षती ,उच्च जोखिममा रहेका ६ घरलाई सुरक्षित स्थानमा सारियो
अमित विश्वकर्मा बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी अविरल बर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–७ ,मंगलाघाट स्थित प्रहरी विटको भवनमा क्षती पु¥याएको छ । नदी किनारमा रहेको उक्त कार्यालयलाई नदिले कटान गरी आधा भाग बगाएको छ । म्याग्दी नदीको कटानले उच्च जोखिममा रहेका मंगलाघाटका ६ वटा घरलाई सुरक...
-
बिममा पहिरोमा परेर ९ जना बेपत्ता
बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा खसेको पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान बस्ती माथिबाट खसेको पहिरोमा परेर मालिका –७ बिमका दुले, नौरुङ्ग, तल्लोगाउँ र मालिका थानका गरी विष्णु शर्मा,इच्छा शर्मा ,एलिसा केसी ,गौदेवी नेपाली ,विशेष नेपाली ,बिरबहादुर नेपाली ,ब...
-
मराङ्ग पहिरो अपडेट ः करिब २१ जना बेपत्ता ,वडा कार्यालय भवन बगायो
बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन् ।वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना ,राम्चेमा दुई घरका १० जना , कल्लेनीमा दुई घरका ३ जना र ठुलो गाउँमा एक जना बेपत्ता...
-
मराङ्गमा पहिरोले घर बगाउँदा करिब दश जना बेपत्ता
बेनी ,शुक्रबार असार २६ गते । लगातारको बर्षासँगै पहिरोले म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको रिखामा पहिरोले घर बगाउँदा करिब सात देखी दश जना वेपत्ता भएका छन् । बस्ती माथिबाट खसेको पहिरोले घर बगाउँदा रिखाका चार घर बगाउँदा करिब १० जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । निरन्तर बर्षाका का...