• गौश्वारामा पश्चिम नेपालकै पहिलो गोबर्धन महायज्ञ हुँदै

    बेनी । म्याग्दीको बेनी नगरपालिका– २ ,ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक गोवर्धन महायज्ञको आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन बिराट महायज्ञ २०८२ आयोजना गरिएको हो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...

  • नेपाली नयाँ वर्षको अवसरमा युकेमा ‘मोना शुभकामना साँझ’ हुँदै

    बेलायत।युकेमा यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२को अवसरमा ‘मोना युके शुभकामना साँझ ’ आयोजना हुने भएको छ । म्याग्दी घर भई हाल विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गानाइजेशन युके (मोना युके)काृ आयोजनामा शनिबार २६ अप्रिल २०२५मा उक्त कार्यक्रम संचालन हुने भएको हो । उक्त कार्...

  • किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार पुरस्कार राशीको विद्यालयस्तरीय वक्तृत्वकलाको उपाधि

    म्याग्दी । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्रा...

  • बेनीमा महिलाहरुलाई सेलरोटी बनाउने तालिम सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी। महिलाहरुको क्षमता अभिवृद्धि गरी उनिहरुलाई व्यवसायीक बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन म्याग्दीमा सेलरोटी बनाउने तालिम संचालन गरिएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ म्याग्दीको आयोजनामा बेनीमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । पाँच दिन सम्म सञ्चालन हुने तालिमको नेपाली कांग्रेस गण्डकी प...

  • दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता सुरु

    दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एक लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको दोस्रो जेपिसी कप फुटबल प्रतियोगिता शुरु भएको छ ।दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले नववर्ष २०८२ को अवसरमा आयोजना गरेको प्रतियोगिताको मंगलबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।...

  • तातोपानीमा सन्ध्याकालिन आरती (तस्बिरहरु)

    बेनी ।  म्याग्दीको बेनी नगरपालिका–४, सिंगा तातोपानी स्थित प्रसिद्ध तातोपानी कुण्डमा गरिएको सन्ध्याकालीन आरती । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरुलाई लक्षित गरेर हरेक साँझ आरति गरिँदै आएको छ। तस्बिर : म्याग्दी न्युजडटकम   ...

  • नयाँ वर्ष विक्रम संवत् २०८२ प्रारम्भ

    म्याग्दी । आजदेखि विक्रम संवत् २०८२ साल प्रारम्भ भएको छ । वर्ष २०८१ लाई बिदाई गरेको पहिलो दिन आज वैशाख १ गते । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । नयाँ वर्षको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका ...

  • बेनीमा सामुदायिक घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप

    बेनी । म्याग्दी जिल्ला सदरमुकाम बेनीमा घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजना  र  बेनी नगरपालिकासँग  सहकार्यमा आइतबार  संचालित शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ...

  • गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

    म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि छ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २...

  • रघुगंगा गाउँपालिकाद्धारा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर संचालन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको क...