• जंगलमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्द...

  • कालीगण्डकी नदीमा पहिरो खसेर आएको छालले कुखुरा फार्ममा क्षति

    म्याग्दी । शनिबार विहान राति पहिरो खसेर कालीगण्डकी नदीको छाल पस्दा कुखुरा फर्ममा क्षती पु¥याएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,धिरच्याङमा सोही गाउँपालिका–२,कटुङ्जेको भीरबाट पहिरो कालिगण्डकीमा खस्दा आएको छालले धिरच्याङ स्थित दाजुुभाई पोल्ट्री कृषि तथा पशुुपंक्षी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदी पारीको भिरबाट ...

  • म्याग्दी क्याम्पसमा राष्ट्रिय गोष्ठी हुँदै

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक राष्ट्रिय गोष्ठी हुने भएको छ । उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानात्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको हो । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गन...

  • १३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका म्याग्दीका एक परिवार

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानुभयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा,आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो । मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला प...

  • सदाका लागी अस्ताए पाइलट अरुण

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको मृत्युु भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा हुनुहुन्थ्यो  । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन पुगेको छ...

  • एसईईमा उत्कृष्ट अंक ल्याउने दुवै हात नभएकी पवित्रालाई वडा कार्यालयको नगद सहित सम्मान

    बेनी । एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन सफल दुवै हात नभएकी पवित्रा बिकलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,वडा कार्यालयले एक कार्यक्रमका विच विकलाई  २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेको हो । सोही वडाको नारच्याङ घर भई हाल पोखरा बस्दै आउ...

  • मोना डेनमार्कको भेटघाट कार्यक्रममा डेनिस नागरिकलाई सम्मान (तस्बिरहरु)

    म्याग्दी । डेनमार्कमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना),डेनमार्कको सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ४ अगष्टमा सम्पन्न कार्यक्रममा नेपाल सरकारद्धारा सम्मानित हुनुभएका डेनिस नागरिक सोरेन लौरेड्सेनलाई मोना डेनमार्कले पनि बधाई सहित सम्मान गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राजनविक्रमजङ्ग थापा ...

  • पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

    म्याग्दी । गयरातीदेखि परेको भारी वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले म्याग्दी सदरमुकाम जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मंगला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका–६,स्थित बाङ्गे पहिरोमा सडक माथिबाट पहिरो...

  • काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो।  जारी प्रतियोगितामा  म्याग्दीली चेली अरुणा शाहीको कप्तानीमा मैदान उत...

  • मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले लिए पुनःश्रम स्वीकृति

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले पुनःश्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीमा गएका ५८ पुरुष र २ जना महिला गरी ६० जनाले  गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति लिएका हुन्। गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार, गाउँपालिकाको वडा नम्बर १ निस्कोटका...