• तीन दिनदेखि हराएका सुवेदी मृत फेला

    बागमती। तीन दिनदेखि हराउनुभएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदीलाई हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । परिवारका अनुसार ५० वर्षीय सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । ...

  • भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । प...

  • कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

    काठमाडौँ । झापाको बिर्तामोड–८ की एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा। चुरामणी पोखरलले जानकारी दिएका छन् । मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान ...

  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    झापा । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुक...

  • गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

    उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ ...

  • तनहुँमा आगलागी हुँदा साढे सात लाख बराबरको क्षति

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर शनिबार आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी...

  • पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हु...

  • लागुऔषधसहित दुई युवक पक्राउ

    लहान । प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट दुई युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको नरहा गाउँपालिका– ३ निवासी ३२ वर्षीय मो रहसुन र कर्जन्हा नगरपालिका– ४ निवासी २० वर्षीय राकेशकुमार शर्मा रहेका छन् । भारतीय बजार तर्फबाट आइरहेका दुवै जनालाई शङ्का लागेर जाँच गर...

  • हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    जुम्ला । हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक बच्चा सहित ७ जना घाइते भएका छन्। सिमकोट गाउपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु.२ च २१०२ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हुम्ला सदरमुकाम सिमिकोट देखि बिरामी लिन बोलेरो जीप हेप्काखोला गएको थ...

  • कटुवा पेस्तोलसहित एक पक्राउ

    काठमाडौँ । कटुवा पेस्तोलसहित मोरङको सुनवर्शीबाट एक व्यक्ति पक्राउ परेका छन्। सुनवर्षी नगरपालिका-५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनले कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउन्ड गोली र १९ हजार ३२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हतियारस...