• काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    काठमाडौं । वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान् ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार ...

  • २०४ किलो गाँजासहित एक पक्राउ

    धनुषा । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले २ सय ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जना ब्यक्तिलाई २०४ किलो गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय...

  • रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको मृत्यु

    सर्लाही । सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्त...

  • पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यु

    गोरखा । गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा दुई जना वृद्धको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरका ८६ वर्षीय रमण पाण्डे र ६८ वर्षकी नन्दकुमारी पाण्डे दम्पतीको मृत्यु भएको घटना स्थलमा रहनु भएका वडाध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो । ‘घरमा बुढाबुढी मात्र हुनुहुन्थ्यो छोराछोरी सबै बाहिर हुनुह...

  • मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण

    बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्र...

  • थप २२९९ जनामा कोरोना संक्रमण , ३४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ आरटी पिसिआर र ४ हजार ३० एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विध...

  • चोरीको अभियोगमा दुईजना पक्राउ

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । तामाङ इटहरी–३ का अनन्तप्रसाद पौडेलको घर ...

  • पनौतीमा दुर्लभ सालक फेला

    राजकुमार पराजुली काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ । बुधबार राति ९ बजे एक स्थानीयवासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीब...

  • अर्थ मन्त्रालयद्धारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति प्रदान

    काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ सा...

  • विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थीद्वारा थप आन्दोलन गर्ने निर्णय

    काठमाडौं । विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थी संगठनहरूको आज बसेको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने निर्णय गरेको हो । असार २० गते विद्यार्थी आन्दोलनका पूर्वअध्यक्षहरूसँग प्रतिगमनविरुद्ध अन्तरक्रि...