• त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक्ष्यभन्दा बढी राजश्व संकलन

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६ महिनामा साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विमानस्थलको भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको हो । विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । भन्सार ...

  • उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण

    एजेन्सी । उत्तर कोरियाले दुईवटा छोटो दुरीको ‘बालिस्टिक’ क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । यो महिना उत्तरले गरेको यो चौथो परीक्षण भएको दक्षिण कोरियाको सेनाले जनाएको हो । दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले सोमबार राजधानीमा रहेको सुनान विमानस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । ती क्षेप्यास्त्र ...

  • बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प...

  • पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उहाँको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले आफूहरुको सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन...

  • भारतमा कोभिड : २४ घण्टामा साढे दुई लाख संक्रमित

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महा...

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : मन्त्री खतिवडा

    विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताउनुभएको छ ।समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताउनुभएको हो । बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरे...

  • उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र समृद्ध बनाउन सबै वर्ग र समुद...

  • कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

    काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्ण...

  • प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदानको तयारी

    धनुषा । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततस् मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । ...

  • म्याग्दीमा किशोरीलाई आइरन चक्की खुवाउन सुरु

     किशोरीहरुमा हुने रक्तअल्पता घटाउने कार्यक्रमको लक्ष्य र उद्देश्य म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज (आइतबार)देखि किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु भएको छ । किशोरीहरुमा हुने रक्तअल्पता न्युनीकरण गर्नका लागि विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन थालिएको हो । नेपाल सरकारको स्वास्थ्य सेवाअ...