प्रथम रेडियो म्याग्दी महोत्सव २३ गतेबाट सुरु हुने

बेनी बुधबार चैत्र २० गते ।
म्याग्दीको सदरमुकाम बेनीमा यही चैत २१ गते देखि सूरु हुने भनिएको प्रथम पर्यटन महोत्सव चैत २३ गतेदेखि मात्रै सुरु हुने भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव दुई दिन पछि सारिएको हो । बुधबार रेडियोले पत्रकार सम्मलेन गरेर महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले तराईमा हावाहुरीले पु¥याएको विपतीको समय र जिल्ला सुरक्षा समितिको आग्रहलाई स्विकार गरि निर्धारित समय भन्दा दुईदिन पछिबाट महोत्सव संचालन गर्न लागिएको जानकारी दिनु भएको हो।

२१ गते बाट सुरु गर्ने तयारी भएता पनि नेपालको तराईमा हावाहुरीले बनाएको क्षति र देशका सबै ठाउँका नागरिक अहिले राहात र समयोगमा जुटिरहेको अवस्थामा म्याग्दीमा महोत्सव संचालन गर्दा मानविय सहयोग नभएको भन्दै महोत्सव दुईदिन पछि सारिएको आयोजकले जानकारी दिएको छ ।

जिल्लास्थित राजनीतिक दल र ब्यवसायिहरुले समेत महोत्सवको समयअवधि छोट्याउन दिएको सुझावलाई मनन गर्दै महोत्सव छोट्याईएको शर्माले बताउनु भयो। महोत्सवलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि १३ ओटा उपसमिति गठन गरिएको रेडियो संचालक समितिका सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिनु भएको छ । रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने व्यवस्थापन संयोजक भरत बहादुर रकालले जानकारी दिए ।

उनका अनुसार खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा ११५ वटा व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका कृषि लद्युउद्यम लगातका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार