काठमाण्डौं शनिबार बैशाख ७ गते ।
सत्तारूढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरपालिका, ४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका, १० मा पर्ने पूर्व(पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुकाठमाडौंमा जग्गा खरिद गर्दा म मन्त्री, सांसद तथा कुनै पनि सरकारी पदमा थिइन् ।
पौडेलले छोरा नवीनको नाममा रहेको बालुवाटारस्थित कित्ता नं। ३०९ को क्षेत्रफल ०(०(१(१ र कित्ता नं। ३१५ को क्षेत्रफल ०(७(२(३ ९कुल आठ आना० जग्गाले जनमानसमा भ्रम सिर्जना गरी बास्तविकताभन्दा बाहिर भएर समाचार प्रसारित भएकोप्रति दुस्ख व्यक्त गरेका छन् । विज्ञप्तिमा पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने अभियानलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।
पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न गरेको निर्णयको स्वागत गरेको बताएका छन् । नयाँ पत्रिका