‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

सेते तिलिजा पुन

शिख,आइतबार बैशाख १५ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियोको छायाङ्कनमा शिखका विभिन्न ठाउँको दृश्यहरु संगै स्थानिय मौलिक कला संस्कृती समेटिएको छ ।
हङकङमा बस्दै आउनुभएकी पाईजाले गाउँ र स्थानिय मौलिक कला संस्कृतीलाई गित र म्युजिक भिडियो मार्फत स्वदेश तथा विदेशमा चिनाउन गितको म्युजिक भिडियो निर्माणमा जुटेको बताउनुभयो ।

गिता पाइजाको शब्द सिर्जना ,गायिका मेलिना राईको स्वर तथा मौसम पाईजाको निर्देशन रहेको म्युजिक भिडियोमा गिता पाईजा संगै १७ जना कलाकारहरुले अभिनय गर्नुभएको छ । भने जि पुनले म्युजिक भिडियोको कम्पोज गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार